विश्वव्यापीकरणको लागि सिगा अन्तर-सांस्कृतिक संघको बारेमा

विश्वव्यापीकरणको लागि सिगा अन्तर-सांस्कृतिक संघ (सार्वजनिक लाभ सम्मिलित संस्था) (SIA सी-आ) स्थापना गर्नुको उद्देश्य, जिल्लाबासीको विश्व समाजप्रतिको बुझाइलाई थप विकास गरी, अन्तर्राष्ट्रिय सहयोगको विचारधारालाई उच्च पार्दै फैलाउनुका साथै आर्थिक, प्राविधिक, सांस्कृतिक जस्ता विभिन्न विषयहरू सम्बन्धी अन्तर्राष्ट्रिय आदान-प्रदानलाई सक्रिय रूपमा प्रवर्द्धन गरी, अन्तर्राष्ट्रियकरण सँगसँगै अगाडि बढ्न सक्ने समुदायको निर्माणमा टेवा पुर्याउनु हो।
※SIA भनेको, संघको अंग्रेजी नाम “Shiga Intercultural Association for Globalization” को पहिलो अक्षरहरूबाट बनाइएको संक्षिप्त नाम हो।
- स्थापना मिति
- स्योवा ५४ साल (१९७९ साल) जुलाई १९ तारिख
- प्रतिनिधि
- अध्यक्ष काजुमासा हासिमोतो
- आधारभूत पूँजी
- ४३,६०,२४,५५० येन (२०१९ साल मार्च ३१ तारिख हाल)
- सदस्य संख्या
- सदस्य संगठन ९४ संगठनहरू (२०१९ साल मार्च ३१ तारिख हाल)
- व्यक्तिगत सदस्यहरू २९४ जना
- ठेगाना
- (संघको मुख्य कार्यालय) 〒५२०-०८०१ शिगा प्रीफेक्चर ओचु शहर निओनोहामा १-१-२० पिआजा ओमी 2F
फोन ०७७-५२६-०९३१, फ्याक्स ०७७-५१०-०६०१
खुला समय सोमबारदेखि शुक्रबारसम्म (सरकारी बिदाको दिन र वर्षको अन्त्य तथा सुरुमा बन्द हुन्छ) ८:३०~१७:१५ - (हिकोने कार्यालय) 〒५२२-०००२ हिकोने शहर माचुबारा-च्यो १४३५-८६
फोन ०७४९-२६-३४००, फ्याक्स ०७४९-२४-९३५६
खुला समय सोमबारदेखि शुक्रबारसम्म (सरकारी बिदाको दिन र वर्षको अन्त्य तथा सुरुमा बन्द हुन्छ) ८:३०~१७:१५
हाम्रो संघले गर्ने कामहरूको बारेमा
"सहानुभूतिलाई अभ्यासमा" भन्ने नारा सहित जो कोही पनि ढुक्क भएर जीवनयापन गर्न सक्ने, जोस र जाँगरले भरिपूर्ण समुदाय बनाउने कार्यलाई प्रवर्द्धन गर्छौं।
विश्वव्यापीकरणको लागि सिगा अन्तर-सांस्कृतिक संघ (सार्वजनिक लाभ सम्मिलित संस्था) ले आर्थिक वर्ष २०२१ सालदेखिको तेस्रो मध्यकालीन योजनामा "सहानुभूतिलाई अभ्यासमा" भन्ने नारालाई मुख्य विषय बनाएको छ।
यस संघले विश्वसँगको सम्बन्धबारे सचेत भई, दिगो र विविधता र समावेशीकरणको समृद्धि महसुस गर्न सक्ने समाज निर्माणलाई आफ्नो लक्ष्य बनाएको छ।
त्यसको लागि स्थानीय, संघसंस्था, कम्पनी, प्रशासन, व्यक्ति आदि सबै मिलेर सहकार्य गरी बहुसांस्कृतिक सहजीवन तथा अन्तर्राष्ट्रिय बुझाइलाई गहिर्याउने र सक्रिय भूमिका निर्वाह गर्न सक्ने अवसरहरू र नेटवर्क बनाई, मानव संसाधनको विकास गर्नेछ।
यस्ता कार्यहरूद्वारा यस संघले प्रत्येक संघसंस्था र व्यक्ति आदिले स्थानीय स्तरमा अझ व्यावहारिक गतिविधिहरूमा सक्रिय भई लाग्न सक्ने गरी हाम्रो कार्यलाई अघि बढाउनेछ।
यस नारालाई मध्यनजर गर्दै हामीले निम्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं।
- अन्तर्राष्ट्रिय शिक्षा
- हामी विद्यालय शिक्षा लगायतका अन्य विभिन्न अध्ययनका अवसरहरू प्रदान गरी, अन्तर्राष्ट्रिय शिक्षालाई विस्तार गरिरहेका छौं। हामी आफ्नै अध्ययन सामग्रीहरूको विकास, अध्ययन समूहहरूको व्यवस्थापन, प्रशिक्षक तालिम र (शैक्षिक संस्थाहरूमा) शिक्षकहरू पठाउने कामहरू गर्छौ।
- अन्तर्राष्ट्रिय आदान-प्रदान
- हामी सिगा जिल्लाको सक्रिय विदेशी नागरिकहरू र फरक क्षेत्रका अन्य संगठनहरूसँग सहकार्य गरी, सजिलै गर्न सकिने अन्तर्राष्ट्रिय आदान-प्रदान र फरक संस्कृति अनुभव गर्न सकिने अवसरहरू प्रदान गरी, ग्लोबल (अन्तर्राष्ट्रिय स्तरमा सक्रिय रूपमा काम गर्न सक्ने) मानव संसाधनको विकास गर्छौं। साथै हामी मिशिगन राज्य विश्वविद्यालयहरूको जापान केन्द्र र भगिनी र मैत्रीपूर्ण सम्बन्ध रहेको राज्य वा प्रान्तहरूसँगको आदान-प्रदान कार्यक्रमहरू गर्छौं।
- अन्तर्राष्ट्रिय सहयोग
- हामी विदेशी प्राविधिक प्रशिक्षार्थीहरू स्वीकार गर्ने आदि गरी सिगा जिल्लामा अन्तर्राष्ट्रिय सहयोगको प्रवर्धन गर्छौं। अन्तर्राष्ट्रिय सहयोग र विदेशमा स्वयंसेवक सम्बन्धी परामर्शहरू JICA सिगा डेस्कसँगको सहकार्यमा गरिन्छ।
- बहुसांस्कृतिक सहजीवन
- हामी विदेशी निवासीहरूको लागि परामर्श सेवा डेस्क र दैनिक जीवन सम्बन्धी जानकारी उपलब्ध गराई, विदेशमा “रुट” भएका बालबालिका वा विदेशी राष्ट्रियता भएका विद्यार्थीहरूलाई शिक्षा सहयोग, जापानी भाषाको अध्ययनमा सहयोगका साथसाथै विपद्को बेला सहयोग उपलब्ध गराउँछौं।
- विदेश भ्रमण सहयोग
- हामी जिल्लावासीहरूलाई विदेशको सुरक्षा र विदेशमा जाने सम्बन्धी जानकारी आदि प्रदान गरी आरामदायक र सुरक्षित भ्रमणको सुनिश्चितता र जिल्लावासीको अन्तर्राष्ट्रिय आदान-प्रदानलाई प्रवर्धन गर्छौं।
विश्वव्यापीकरणको लागि सिगा अन्तर-सांस्कृतिक संघ सम्बन्धी विभिन्न जानकारीहरू

अन्तर्राष्ट्रिय जानकारी सलोन
विश्वव्यापीकरणको लागि सिगा अन्तर-सांस्कृतिक संघको कार्यालय, ओचु शहरको नागिसा पार्क नजिकै भएको आदान-प्रदान कम्प्लेक्सको “पिआजा ओमी” मा छ।

हाम्रो संघको सदस्य बन्नुहोस्・स्वैच्छिक अनुदानको लागि आग्रह
तपाईंहरूले हाम्रो कामलाई बुझिदिनुभएकोले र धेरैको साथ, सहभागिता र सहयोगको कारण विश्वव्यापीकरणको लागि सिगा अन्तर-सांस्कृतिक संघले विभिन्न कामहरू गर्न सकिरहेको छ।

सिगा जिल्ला अन्तर्राष्ट्रिय आदान-प्रदान प्रवर्द्धन परिषद्को बारेमा
हामीले सिगा जिल्लाको अन्तर्राष्ट्रिय आदान-प्रदान सम्बन्धित संघसंगठन बिच जानकारी आदान-प्रदान गर्ने र नेटवर्कको निर्माण कार्यलाई प्रवर्द्धन गर्नको लागि “सिगा जिल्ला अन्तर्राष्ट्रिय आदान-प्रदान प्रवर्धन परिषद्” को स्थापना गरी, विभिन्न सेमिनारको आयोजना गरिरहेका छौं।
सिगा जिल्ला अन्तर्राष्ट्रिय आदान-प्रदान प्रवर्द्धन परिषद्को बारेमा