बहुसांस्कृतिक सहजीवन सम्बन्धी जानकारी
हामी विदेशी निवासीहरूको लागि परामर्श डेस्क र दैनिक जीवन सम्बन्धी जानकारी प्रदान, विदेशमा “रुट” भएका बालबालिका र विदेशी राष्ट्रियता भएका विद्यार्थीहरूलाई शिक्षा सहयोग, जापानी भाषाको अध्ययन सहयोगका साथसाथै विपद्को बेला सहयोग उपलब्ध गराउँछौं।
विदेशी नागरिकको लागि परामर्श डेस्क

जिल्लामा बसोबास गर्ने विदेशी नागरिकहरूको लागि दैनिक जीवन सम्बन्धी परामर्श डेस्कको व्यवस्था गरिएको छ। रोजगार, चिकित्सा, शिक्षा जस्ता दैनिक जीवनमा सामना गर्ने समस्याहरूबारे विदेशी भाषा बोल्न सक्ने सल्लाहकारले तपाईंको समस्याहरू सुन्नुहुनेछ र जानकारी प्रदान गर्ने वा आवश्यकता अनुसार सम्बन्धित डेस्क सिफारिस गर्नुहुनेछ। फोन, फ्याक्स र इमेल मार्फत पनि परामर्श लिन सकिनेछ (परामर्शको बेला थाहा भएको कुराहरू गोप्य राखिनेछ)।
साथै जिल्लाका नगरपालिकाहरूमा दोभासे वा सल्लाहकारको रूपमा काम गर्ने कर्मचारीहरू बिच जानकारी आदान-प्रदान गर्नको लागि सम्पर्क बैठक र क्षमता अभिवृद्धिको लागि तालिम दिने कार्यशाला आयोजना गरेका छौं।
* कोरोना रोगाणु संक्रमण रोकथाम गर्नको लागी कृपया नआउनुहोस्। कृपया टेलिफोन अथवा ईमेल बाट कुरा गर्नुहोस्।
विदेशी नागरिकको लागि परामर्श डेस्क दैनिक जीवन सम्बन्धी परामर्श Q&A
विदेशी नागरिकको लागि जानकारी पत्रिका “मिमितारो”

“मिमितारो” भन्ने नाम, “मिमि योरिना ज्योउहोउ” अर्थात् “उपयोगी वा फाइदाजनक जानकारी” पाठकहरूसम्म पुर्याउने मनसायले “मिमि” र पाठकहरूमाझ परिचित नाम “तारो” भन्ने जापानी नाम जोडेर, स्वयं सेवकहरूले राखेको नाम हो।
- प्रकाशन भाषा
- प्रकाशन भाषा: कुल १० भाषाहरू फुरिगाना सहितको जापानी भाषा, अंग्रेजी भाषा, पोर्चुलागी भाषा, स्पेनिस भाषा,चाइनिज भाषा (सरल), चाइनिज भाषा (परम्परागत), कोरियन भाषा, तागालग भाषा, भियतनामिज भाषा, इन्डोनेसियन भाषा, नेपाली भाषा)
- प्रकाशन
- वर्षमा ४ पटक
विदेशमा “रुट” भएका बालबालिकाहरूको लागि शिक्षा सहयोग
विदेशमा “रुट” भएका बालबालिकाहरू र अभिभावकहरूको लागि विभिन्न भाषाहरूमा करिअर मार्गदर्शन सेमिनारहरू आयोजना गरी शैक्षिक कोर्सहरूबारे विस्तृत जानकारी प्रदान गर्नुका साथै उच्च माध्यामिक विद्यालय र विश्वविद्यालयबाट स्नातक गरेपछि विद्यार्थीहरूले भविष्यमा फराकिलो लक्ष्य लिएर अगाडि बढ्न सक्ने गरी, करिअर चयनको सहयोग गरिन्छ।

करिअर फेअर (विभिन्न भाषाहरूमा करिअर मार्गदर्शन र करिअर चित्रण तालिम) को आयोजना
हामी विभिन्न भाषाहरूमा शैक्षिक जानकारी विवरणहरूको विस्तार कार्यलाई अगाडि बढाउनुका साथसाथै जिल्ला स्तरीय र नगरपालिकाको शिक्षा परिषद् आदिसँग सहकार्य गरी, करिअर मार्गदर्शन सेमिनारको आयोजना गर्छौं। साथै करिअर चयन गर्दा आफूलाई सुहाउँदो पेसा र भविष्यको चित्रण गर्ने क्रममा फराकिलो दृष्टिकोण राख्न सक्ने अवसरहरू प्रदान गरिन्छ।

विदेशी निवासीको समर्थक तालिम कोर्सको आयोजना
((विदेशमा “रुट” भएको बालबालिकाहरूको लागि जापानी भाषा प्रशिक्षक तालिम कोर्स) वर्षमा १ पटक बालबालिकाहरूको लागि जापानी भाषा प्रशिक्षकको लागि तालिम कोर्स आयोजना गरिन्छ।
“भविष्यको लागि करिअर मार्गदर्शन” सामग्री (PDF फाइल)
“तपाईंको सपनाको लागि रणनीति बैठकको शृङ्खला” सामग्री (PDF फाइल)
विदेशी राष्ट्रियता भएका विद्यार्थीहरूको लागि छात्रवृतिको व्यवस्था (विदेशी राष्ट्रियता भएका विद्यार्थीहरूको लागि बिवाको छात्रवृति)

विश्वव्यापीकरणको लागि सिगा अन्तर-सांस्कृतिक संघले सिगा जिल्ला भित्र बसोबास गरी सिगा जिल्लाको विश्वविद्यालय वा कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीलाई फिर्ता गर्नुनपर्ने छात्रवृत्रि दिन्छ।
विश्वविद्यालय वा कलेज मार्फत आवेदन दिनुपर्ने हुनाले, आफ्नो विश्वविद्यालय/कलेजको छात्रवृत्रिप्रति जिम्मेवार कर्मचारीलाई भन्नुहोस्।
आवेदनको लागि आवश्यक कुराहरू र मुख्य बुँदाहरू
अन्य

जापानी भाषाको अध्ययन सामग्री तथा ब्राजिलको पाठ्यपुस्तिका रेन्टल
जापानी भाषाको अध्ययन सामग्री र विदेशमा “रुट” भएका विद्यार्थीहरूको लागि जापानी भाषा सिकाउनको लागि चाहिने सामग्री लगायत ब्राजिलको पाठ्यपुस्तिका, अध्ययन सहयोगको लागि रिफरेन्स किताबहरू र बहुसांस्कृतिक सहजीवन सम्बन्धी किताब कर्नरको व्यवस्था गरी, रेन्टल सेवा प्रदान गरिन्छ (यो सेवा यस संघको सदस्य तथा संगठन (विद्यालय समावेश) को लागि मात्र सीमित छ)। हाम्रो संघ सँगै रहेको अन्तर्राष्ट्रिय जानकारी सलोनमा स्वतन्त्र रूपमा हेर्न सकिने हुनाले सङ्कोच नमानीकन प्रयोग गर्नुहोस्।
※रेन्टल सामग्री सूची…जापानी भाषाको सामग्री, ब्राजीलको पाठ्यपुस्तिका, अध्ययन सहयोग रिफरेन्स किताब, र बहुसांस्कृतिक सहजीवन सम्बन्धी किताबको सुची

जापानी भाषाको अध्ययन सहयोग
हामी बिवाको जापानी भाषा नेटवर्क (संक्षिप्त नाम BNN) सँग सहकार्य गरी, “जापानी भाषा प्रशिक्षक तालिम कोर्स” को आयोजना र “जापानी भाषामा विदेशी नागरिकहरूको वक्तृत्व कला प्रतियोगिता” को आयोजना गर्छौं। साथै जिल्ला भित्र सञ्चालन गरिने जापानी भाषाको क्लासहरूको जानकारी प्रदान गर्छौं।

多文化共生学校づくり支援サイト
県内の小中学校に在籍する外国人児童生徒が年々増加する状況に対応し、各学校での受け入れ態勢を支援すべく、「多文化共生学校づくり支援サイト」を公開しています。
こちらでは、6言語(ポルトガル語、スペイン語、英語、中国語、タガログ語、ハングル)による「オリジナル時間割」、「多言語校内標示」が作成できるほか、学校で使う用語の6言語訳一覧を見ることができます。新学期を前に、外国人児童生徒がスムーズに、また安心して日本の学校生活を送れるようにと願いを込めて作成いたしましたので、ぜひ、ご活用ください。

SIA多言語子育て情報
滋賀県国際協会では「SIA多言語子育て情報」を作成し、妊娠・出産・育児などに関する情報を6ヶ国語で紹介することで、子育てパパ・ママを応援しています。
日系ブラジル人母子サポートマニュアル
このマニュアルには、在日ブラジル人女性の妊娠・出産・育児期に医療従事者が留意点を確認しアドバイスするためのチェックシートやブラジルの栄養指導、離乳食についての内容を掲載しています。ご希望の方は、メールでお問い合わせください。
विपद्को बेला विदेशी नागरिकको सहयोग र विपद् रोकथामबाट बहुसांस्कृतिक सहजीवन समुदाय बनाउने कार्यलाई फैलाउने
हामी, विपद् रोकथामका कार्यक्रमहरूमा विदेशी नागरिकले भाग लिएको मौकामा, विदेशी नागरिकले प्रत्यक्ष रूपमा क्षेत्र र समुदायसँग व्यक्तिगत तथा अन्य सम्बन्ध बनाउन सक्ने गरी, स्थानीय बासिन्दाहरू र विदेशी नागरिक बिच कुराकानी गर्ने बाटो बनाई, त्यसलाई समुदायमा नयाँ चेतना प्राप्त गर्ने अवसरहरू बनाउन सक्ने गरी, सरकारी निकाय, स्थानीय बासिन्दा तथा नगरपालिका तथा नगरपालिकाका अन्तर्राष्ट्रिय आदान-प्रदान संघ आदि सबैसँगको सहकार्यमा विपद् रोकथाम गतिविधिको जागरूकता तथा सहकार्य गर्छौं।

विभिन्न भाषाका आपत्कालिन अवस्थामा लिएर निस्कने झोला, विभिन्न भाषाका विपद् रोकथाम सम्बन्धी सामग्रीहरूको रेन्टल, विपद् रोकथाम बारे जागरूक बनाउने गतिविधिहरू
क्षेत्रीय विपद् रोकथाम गतिविधि वा आदान-प्रदान कार्यक्रमको बेला, विदेशी नागरिकको लागि विपद् रोकथाम बारे जागरूक बनाउने र ज्ञान बढाउने सामग्रीको रूपमा उपयोग गर्न सकिने आपत्कालिन अवस्थामा लिएर निस्कने झोला जस्ता सामग्रीहरू बाँडेर जागरूकता बढाउँछौं।

अग्नि नियन्त्रण गर्ने कर्मचारीको लागि आपत्कालिन अवस्थामा विदेशीलाई सेवा दिने सम्बन्धी तालिम
फरक संस्कृति र भाषा प्रयोग गर्ने विदेशी नागरिकलाई सेवा प्रदान गर्ने तरिका सिक्ने अग्नि नियन्त्रण गर्ने कर्मचारीको लागि तालिमको संयोजन गर्छौं।

किन्की क्षेत्रका विपद्को बेला विदेशी नागरिक सहयोग तालिमहरू सञ्चालन तथा अध्ययन समूहहरूमा सहभागी
हामी किन्की क्षेत्रको स्थानीय अन्तर्राष्ट्रिय आदन-प्रदान संघहरूबाट बनाइएको “विपद्को बेला विदेशी नागरिक सहयोग सम्बन्धी नेटवर्क, किन्की क्षेत्र अध्ययन समूह” को एक सदस्यको रूपमा, यसपछि पनि क्षेत्रीय सहकार्यलाई बलियो बनाई, सहयोग प्रणालीको निर्माण गर्छौ।

विपद्को बेला विदेशी नागरिकको समर्थक प्रणाली
सिगा जिल्ला तथा किन्की र वरपर रहेका जिल्लाहरूमा ठूलो विपद् आएको बेला, प्रभावित क्षेत्र आदिमा विदेशी नागरिकको सहयोग गर्ने गतिविधिहरूमा भाग लिन सक्ने व्यक्तिहरूको दर्ता गरी, विपद्को बेला तुरुन्त आवश्यक विदेशी नागरिक सहयोग गर्नको लागि काम गर्ने स्वयं सेवक प्रणाली हो।